नियम २७
कानून तथा न्याय मन्त्रालयले समन्वय गर्नुपर्ने
(१) संवैधानिक इजलासको अन्तिम आदेश वा फैसलाबाट संविधानको धारा १३३ को उपधारा (१) बमोजिम कुनै कानून अमान्य वा बदर घोषित भएमा रजिष्ट्रारले सो आदेश वा फैसलाको प्रतिलिपि समेत राखी कानून तथा न्याय मन्त्रालयमा सोको जानकारी पठाउनेछ ।
(२) उपयिनम (१) बमोजिम जानकारी प्राप्त भएपछि कानून तथा न्याय मन्त्रालयले त्यस्तो कानूनको प्रकाशन गर्दा सम्बन्धित निकायसँग समन्वय गरी इजलासको अन्तिम आदेश वा फैसलाबाट भएको परिवर्तनको व्यहोरा पाद टिप्पणीमा जनाई प्रकाशन गर्न लगाउनु पर्नेछ ।